Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

सिङ्गापुरका निर्माता लीको भव्य अन्त्येष्टि

सिङ्गापुर, आधुनिक सिङ्गापुरका निर्माता एवम् सिङ्गापुरका पूर्व प्रधानमन्त्री ली क्वान युको अन्त्येष्टि आइतबार हुँदैछ । उनको शवयात्रा आइतबार बिहानबाट सुरु भएको समाचारमा जनाइएको छ । सिङ्गापुरका दशौँ हजार नागरिक सो शवयात्रामा सहभागी भएका छन् । उनीहरुले आफ्ना प्यारा नेताप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै उनको शवयात्रमा सहभागी भएका हुन् । आइतबार बिहानैदेखि सिङ्गापुरमा भारी वर्षा भइरहेको छ । वर्षाका बाबजुत पनि दशौँ हजार नागरिक सो शवयात्रामा सहभागी भइरहेका बताइएको छ । सिङ्गापुर सरकारले राजकीय सम्मानका साथ उनको अन्त्येष्टि गर्ने भएको छ । आइतबार बिहानबाट सुरु भएको सो शवयात्राको प्रक्रियालाई अत्यन्तै आकर्षक र भब्य बनाइएको छ । उनको शवलाई यसअघि संसद भवन परिसरमा राखिएको थियो । उनलाई श्रद्धाञ्जली दिनका लागि त्यहाँ यसअघि पनि लाखौँ व्यक्ति पुगेका थिए । उनीप्रति श्रद्धाञ्जली अर्पण गर्न संसदमा चार लाख १५ हजार व्यक्ति पुगेको जानकारी अधिकारीहरूले शनिबार दिएका छन् । एसियाका यी राजनेताको अन्त्येष्टि आइतबार गरिने जानकारी यसअघि नै सरकारले दिएको थियो । उनको गत सोमबार ९१ वर्षको उमेरमा देहावसान भएको थियो । \"Singaporeउनलाई २१ तोपको सलामी दिइने निर्णय सरकारले गरेको छ । सामान्यतया २१ तोपको सलामी पदमा रहेका अर्थात वर्तमान राष्ट्रपतिलाई मात्र दिने गरिएकोमा उनी सिङ्गापुरका संस्थापक एवम् राष्ट्रपिता रहेकाले अपवादका रुपमा य निर्णय गरिएको बताइएको छ । विशेष रुपमा सजाइएको पाल्कीमा उनको शव राखिएको छ भने हवाई गस्तीले पनि उनको शवयात्राप्रति सम्मानस्वरुप पुष्पवृष्टि गरिरहेको छ । सिङ्गापुरको संसद भवनदेखि उनको शवलाई हिँडाइएको छ र अन्त्येष्टि गरिने स्थलसम्म दशौँ हजार नागरिकले उनीप्रति लामलागेर श्रद्धाञ्जली अर्पण गरिरहेका छन् । अन्त्येष्टि समारोहमा विश्वका कतिपय नेताहरुको सहभागिता हुने बताइएको छ । अमेरिकी पूर्व राष्ट्रपति बिल क्लिन्टन, दक्षिण कोरियाली राष्ट्रपति पार्क गुन हे, अस्ट्रेलियाली प्रधानमन्त्री टोनी एबोट, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सो समारोहमा पुगेको बताइएको छ । \"Singapore1\"त्यसैगरी इन्डोनेसियाली राष्ट्रपति जोको विदोदो, बु्रनाइका नरेश सुल्तान हसनल बोल्किया तथा मलेसियाली नरेश सुल्तान अब्दुल हलिम मुआदजान साह अन्त्येष्टिमा सम्मिलित हुने विदेशी उच्च पदस्थ अधिकारी हुन् । शनिबार उनीप्रति श्रद्धाञ्जली व्यक्त गर्न उनका पुरानामित्र तथा अमेरिकाका पूर्व विदेशमन्त्री हेन्री किसिन्जर पुगेका थिए  उनीप्रति श्रद्धाञ्जलीका लागि विश्वका कयौँ नेताहरु यसअघि नै त्यहाँ पुगिसकेका थिए । । आइतबार एक भब्य समारोहमा उनको अन्त्येष्टि हुने कार्यक्रम रहेको समाचार यसअघि नै सरकारले सार्वजनिक गरेको थियो । राज्यद्वारा आयोजना गरिने उनको अन्त्येष्टिमा एसिया तथा प्रशान्त क्षेत्रका नेता तथा विश्वका उच्च पदाधिकारीको उपस्थिति रहनेछ । \"Singaporeस्वर्गीय लीका छोरा प्रधानमन्त्री ली सिङ लुङले फेस बुकमा जनताले आफ्ना पिताप्रति देखाएको अत्यधिक सम्मान तथा उनीप्रति श्रद्धाञ्जली व्यक्त गर्न देखाएको चाहनाले आफू हर्षित भएको उल्लेख गरेका छन्  । नागरिकहरु श्रद्धाञ्जलीका लागि जाँदा सरकारलाई त्यसको व्यवस्थापन गर्न निकै नै हम्मे परेको थियो । जनतालाई लीलाई संसदमै गएर श्रद्धाञ्जली व्यक्त गर्नुभन्दा संसदबाहिरबाटै सम्मान व्यक्त गरिदिन सरकारले आग्रह गरेको थियो र यसलाई केही नागरिकले स्वीकार पनि गरेका थिए । ली सन् १९५९ देखि ३१ वर्षसम्म सिङ्गापुरको प्रधानमन्त्री भएका थिए । उक्त वर्ष बेलायतले सिङ्गापुरलाई स्वतन्त्रता दिएको थियो । यसपछि अर्को २० वर्षसम्म उनी मन्त्रिपरिषद्को सल्लाहकारको रूपमा रहेका थिए । लीले सिङ्गापुरलाई आर्थिक समृद्धितर्फ लैजानका लागि कडा शासन सञ्चालन गरेका थिए । वर्तमान सिङ्गापुरका संस्थापक भएकोले उनलाई सिङ्गापुरका नागरिक राष्ट्रपिताका रुपमा सम्मान गर्ने गर्छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies