काठमाडौँ, नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानले २०७२ वैशाख २ देखि जेठ २ गतेसम्म एकमहिने पाँचौँ राष्ट्रिय ललितकला प्रदर्शनी गर्ने भएको छ ।
प्रतिष्ठानको सभाकक्षमा आयोजना गरिने प्रदर्शनीमा मुलुकभरका ६२२ कलाकारका ७५५ कलाकृति राखिने प्रतिष्ठानका प्राज्ञ सदस्य नारदमणि हार्तमछालीले जानकारी दिए । प्रतिष्ठानको स्थापना भएपछि २०६८ सालदेखि प्रदर्शनी सुरु गरिएको प्रतिष्ठानले जनाएको छ ।
प्रदर्शनीलाई व्यवस्थित गर्नका लागि कुलपति रागिनी उपाध्यायको अध्यक्षतामा २४ सदस्यीय प्रदर्शनी मूल आयोजक समितिको गठन गरिएको छ । समितिको सदस्यमा प्रतिष्ठानका परिषद् सदस्य र प्राज्ञ सभा सदस्यलाई राखिएको कुलपति उपाध्यायले बताएका छन् ।
प्रदर्शनीमा मूर्तिकला, चित्रकला, समसामयिक कला, परम्परागत कला, लोक कला, हस्तकला, वास्तुकला र अन्य सिर्जनात्मक कलाका कलाकृति राखिने भएको छ ।
प्रदर्शनीका अवसरमा १२५ जना कलाकारलाई समावेश गरी राष्ट्रिय सम्मेलनसमेत आयोजना गर्न लागिएको पनि सदस्य हार्तमछालीले जानकारी दिएका छन् । सम्मेलनमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रतिनिधिसहित सरोकारवाला सरकारी निकायका प्रतिनिधिलाई पनि समावेश गराइने उनले बताए ।
दुई दिने सम्मेलनबाट ११ सदस्य छनोट गरी प्रतिष्ठानका २४ जना प्राज्ञसमेतको एकदिने अर्को सम्मेलन गरी नेपालमा ललितकलासम्बन्धी रणनीतिक कार्ययोजना तयार गरिनेभएको छ । प्रदर्शनी र सम्मेलनका लागि तयारी सुरु गरिसकिएको प्रतिष्ठानले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: