Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

रसियाली प्रतिपक्षी नेता नेमत्सोभलाई गोली हानी मारियो

मस्को,  रसियाली प्रतिपक्षी नेता तथा राष्ट्रपति भ्लादिमिर पुटिनका कडा आलोचक बोरिस नेमत्सोभलाई शुक्रबार राती क्रेमिलिन नजिकै हिँडिरहेको अवस्थामा गोली हानी हत्या गरिएको छ । यस घटनाको अन्तर्राष्ट्रिय रूपमा भत्र्सना भएको छ ।

पूर्व उपप्रधानमन्त्री ५५ वर्षीय नेमत्सेभको हत्याप्रति क्रेमलिनले भत्र्सना गरेको छ । यसै साताको अन्त्यमा उहाँले प्रतिपक्षी भेलाको नेतृत्व गर्ने योजनाको अगाडि उहाँको हत्या भएको हो भने यसका कारण रसियाभर स्तब्धता देखिएको छ ।

अमेरिकी राष्ट्रपति बराक ओबामाले नेमत्सोभको हत्यालाई क्रूर हत्या भन्दै भत्र्सना गरेका छन् । उनले मस्को भ्रमणका कालमा नेमत्सोभसँग भेट गरेका थिए । उनले यस घटनाको निष्पक्ष रूपमा अनुसन्धान गर्न रसियालाई आग्रह गरेका छन् ।

रसियाली राष्ट्रपति पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले उनले यस अनुसन्धानलाई आफ्नो नियन्त्रणमा लिएको बताएका छन् ।

क्रेमलिननजिकै एक पुलमा युक्रेनमा रसियाको संलग्नताको खुल्ला आलोचकको हत्या पेसागत हत्याको प्रमाण भएको पेस्कोभले रेडियोमा बताए । उनले यो उक्साहटको कार्य भएको समेत बताए ।

राष्ट्रपति पुटिनको १५ वर्षको कार्यकालमा यसलाई सबैभन्दा उच्चस्तरीय हत्याको रूपमा लिइएको छ । यसले सन् २००६ मा राष्ट्रपति पुटिनको जन्मदिनमा क्रेमलिन विरोधी पत्रकार अन्ना पोलित्कोभ्स्कायालाई गोली हानी गरिएको हत्यालाई सम्झाएको छ ।

क्रेमलिनभन्दा केही मिटरनजिकै एक पुलमा एक युक्रेनी महिलासँग हिँडिरहेको अवस्थामा नेमत्सोभलाई गोली हानी हत्या गरिएको अनुसन्धानकर्ताहरूले बताएका छन् ।

प्रारम्भीक सूचनाअनुसार बोल्सोइ मोस्कभोरेत्स्की पुलमा हिडिरहेको अवस्थामा एक गाडीबाट अज्ञात व्यक्तिले बोरिस नेमत्सोभलाई ७–८ पटक गोली हानेको अनुसन्धानकर्ताहरूले बताएका छन् ।

गृह मन्त्रालयका प्रवक्ता यलेना एलेक्सेयभाले नेमत्सोभलाई चार गोली लागेको जानकारी दिए ।

हत्या हुनुभन्दा केही घण्टाअगाडि नेमत्सोभले रसियाली जनतालाई प्रतिपक्षीले आइतबार योजना बनाएको प्रमुख भेलाका लागि सडकमा आउन आग्रह गरेका थिए ।

उनले लोकप्रिय इको अफ मस्को रेडियोमा युक्रेन युद्ध तत्कालै रोकिनुपर्ने प्रमुख राजनीतिक मुद्दा भएको बताउँदै राष्ट्रपति पुटिनले राजिनामा दिनुपर्ने माग गरेका थिए ।

युक्रेनको सङ्कटमा रसियाको संलग्नताका विषयमा तयार भएको एक प्रतिवेदनमा काम गरिरहेका नेमत्सोभले घरेलु तथा विदेशी नीति अवरुद्ध भएको अवस्थामा यस्तो कुराको अन्त्य हुनुपर्ने बताए ।

साेभियत कालमा अनुसन्धानशास्त्रीको रूपमा काम गरेका नेमत्सोभ निझनी नोभगोरोद क्षेत्रको गभर्नर भएका थिए । उनि सन् १९९० को अन्त्यतिर राष्ट्रपति बोरिस एल्तसिनको राष्ट्रपति कालमा उपप्रधानमन्त्री भएका थिए ।

सन् २००३ मा संसद छोडेपछि उनले अनेकौँ प्रतिपक्षी दल तथा समूहलाई नेतृत्व दिएका थिए ।

राम्रो वक्ता तथा कलाकारको जस्तो छवि पाएका नेमत्सोभ महिलाबीच लोकप्रिय थिए । सन् २०१२ मा राष्ट्रपति पुटिनको निर्वाचन अभियानमा उनले प्रतिपक्षी भेलालाई प्रमुख वक्ताको रूपमा सम्बोधन गरेका थिए ।

उनले राष्ट्रपति पुटिनको शासनकालमा भएको भ्रष्टाचार तथा गलत खर्चका विषयमा आलोचनात्मक प्रतिवेदन लेखेका छन् ।

उनले सन् २०१३ मा रसियाले सोचीमा ओलम्पिक खेल आयोजना गर्दा खर्च भएको अनुमान गरिएको ५० अर्ब अमेरिकी डलरमा ३० अर्ब अमेरिकी डलरसम्म हराएको आरोप लगाएका थिए ।

यसलाई क्रेमलिनले अस्वीकार गरेको छ ।

घटनास्थल हेरेर प्रतिपक्षी नेता तथा पुटिनका कालका पूर्व प्रधानमन्त्री मिखाइल कास्यानोभले रसियालाई स्वतन्त्र प्रजातान्त्रिक मुलुक बनाउन बोरिसले निरन्तर रूपमा अनेकौँ वर्षसम्म गरेको सङ्घर्षको यो नतिजा भएको बताब्ए ।

उनले एक्काइसौँ शताब्दीमा सन् २०१५ मा प्रतिपक्षी नेतालाई क्रेमलिनको पर्खालसँगै हत्या गरिनु कल्पनाभन्दा बाहिरको विषय भएको बताए ।

युक्रेनका राष्ट्रपति पेत्रो पोरोसेन्कोले फेसबुकमा नेमत्सोभ युक्रेन तथा रसियाबीच पुल भएको बताए ।

युरोपेली परिषद्का महासचिव थोर्बजर्न जगल्यान्ड तथा बेलायतको विदेश मामिलासम्बन्धी कार्यालयका प्रवक्ताले यो स्तब्धकारी घटना भएको बताएका छन् ।

ह्युमन राइट्स वाचले रसियालाई यस विषयमा निष्पक्ष अनुसन्धान गर्न आग्रह गरेको छ ।

रसियाका प्रतिपक्षी कार्यकर्ताले यस घटनाप्रति शोक व्यक्त गरेका छन् र नेमत्सोभप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।

प्रतिपक्षी कार्यकर्ताहरूले मस्कोको दक्षिणपूर्वी भागमा आइतबार आयोजना गर्ने भनिएको विरोध भेला रद्ध गरेका छन् र उनीहरूले नगरको केन्द्र भएर अन्त्येष्टि यात्रा गरिने योजना बनाएका छन् ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies