Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

अरुन्धती रोय भारतमा मात्र नभएर दक्षिण एशियाकै सर्वाधिक चर्चित लेखिका तथा सामाजिक अभियन्ता हुन् । उनी  ‘नर्मादा बचाओ आन्दोलन’ हुँदै भारत प्रशासित कश्मिर तथा माओवादी प्रभावित क्षेत्रहरुमा सरकारले गर्दैगरेको सैन्य दमनको विरोध गर्दछिन् । सरकारी दमनको विरोध र गरिब आदिवासीको पक्षमा बोल्ने उनी बुकर पुरस्कार विजेता पुस्तक  ‘द गड इज स्मल थिङ्गस’ तथा  ‘वाकिङ विथ कमरेड्स्’ लगायतका कृतिहरूकी लेखक हुन् । उनको अन्तर्वार्ता हामीले  ‘कबाडखाना डटकम’ बाट लिएका हौं। भारतीय समाजलाई तपाई कुन दृष्टिकोणबाट हेर्नु हुन्छ ? कुनै पनि समाजका बारे दुई बाक्यमा भन्न सकिदैन । एउटा लेखक समाजको बारे बताउदा बताउदै आफ्नो सम्पुर्ण जिवन नै बिताई दिन्छ । तर मलाई लाग्छ दक्षिण अफ्रिकामा जुन प्रकारको रंग भेद हुन्थ्यो त्यस्तै भारतमा पनि छ । त्यहाँ तपाईले काला–गोराहरुको भेदलाई नाङ्गो आँखाले हेर्न सक्नु हुन्थ्यो तर यहाँ खुट्टयाउन अलिक अप्ठेरो पर्छ । यो पनि रंगभेदको नै एउटा प्रकार हो । तपाई कयौं पटक समाजको सर्वहारा वर्गको पक्षमा उभीएको देखियो, यसको पछाडी कुन–कुन कारणहरु रहे ? मेरो विचारमा दुई किसिमका मानिसहरु हुन्छन । पहिलो, जसको शक्तिशाली मानिसहरुसँग नेचुरल एन्लाईटमेन्ट (प्राकृतिक अन्तरघुलन) हुन्छ र दोस्रो प्रकारका मानिसहरु ती हुन् जोसँग केही पनि छैन । जनतासँग शक्ति त अथाहा छ, तर मुलुकमा जे हुदैछ, त्यसलाई कसरी ठिक गर्न सकिन्छ, त्यसको ठिक तरिका बुझ्न सकिएको छैन् । यदि कोई प्रधानमन्त्री नै बन्यो भने पनि त्यसले यी सबै कुराहरु सुधार्न सक्दैन । मलाई माथीबाट कुनै सुधार हुन्छ भन्ने लाग्दैन, सुधार तल्लो तह देखि नै सम्भव छ । अहिले मुलुकको विकास दर १० प्रतिशतको नजिक छ, सरकारी तथ्यांकमा २६ प्रतिशत मानिसहरु गरिवीको रेखा मुनी छन्, प्रत्तेक वर्ष अरबपति मानिसहरुको संख्या बढ्दै गई रहेको छ, सेन्सेक्सले सधै नयाँ रेकर्ड कायम गर्ने गरि उचाईमा छ, विदेशी पूँजीको प्रवाह पनि राम्रो रहेको छ । यस पुरै सञ्जाललाई तपाईले कुन रुपमा हेर्नु भएको छ ? यो जेसुकै हुदैछ, त्यो ठिक\"Arundhati होइन । यो उनीहरुलाई मात्र राम्रो लागि रहेको होला, जो निजी कम्पनीका सीइओ हुन, जसको स्टक एक्सचेन्ज निकै बढी रहेको छ । यसलाई कसरी रोक्ने होला भन्ने प्रश्नको उत्तर खोज्नु पर्नेछ । मलाई लाग्छ गाँधीवादी माहौलको जुन रेसिस्टेन्स (प्रतिरोध) हो त्यो अब चल्दैन । यसलाई पुरै ढाक्ने गरि एनजिओ आई सकेका छन, मानिसहरुलाई कि फुटाई दिन्छन कि त किन्छन । यस माहौललाई बदल्ने हल के हो ? कुनै हल छ अथवा छैन, यो पनि हामीलाई थाहा छैन ? मलाई लाग्छ यदि कुनै रैडिकल रेवोल्यूशनरी सोल्यूशन (आमुल परिवर्तनकारी समाधान) हुदैन भने केही बर्षमा नै पुरै मुलुकमा अपराध बढेर जान्छ । सरकारका नीतिहरु समाधानको सट्टा कसरी जनताको हितहरुका विरुद्ध जादै छ ? आज तपाई जे सुकै गर्नुस सरकार, प्रहरी र सेनाले तपाईलाई दमन गर्दिन्छ । पहिला त इस्लामिक आतंकवादको नाम लिइन्थ्यो, तर अब उनीहरुलाई लाग्छ कि इस्लामिक आतंकबादमा सबै पर्दैनन् । यसमा त मुसलवान मात्रै पर्दछन भने बचेका अन्यलाई कसरी बन्द गर्ने त ? अब जो इस्लामिक आतंकवादको श्रेणीमा आउदैनन् उनीहरुलाई माओवादी आतंकवादी बनाई दिने गरिएको छ । यस प्रकार राज्यका लागि जुन आतंकवादको पुल छ त्यो बढी नै रहेको छ । अहिले छत्तीसगढमा जे–जस्तो हुदैछ त्यस्तै कोलम्बिया जस्तो मुलुकमा पनि भएको थियो । त्यहाँ सरकार आफैले एउटा पिपुल मिलिशिया (भारतमा सलमा जुडुम र नेपालमा माओवादी प्रतिकार समुह भने जस्तै) उभ्याई दियो र विद्रोहीहरुसँग उनको सिविल वार जस्तो स्थिति बन्यो । जब सबै मानिसहरु छद्म युद्ध हेदै थिए, त्यही वेला एउटा ठुलो कम्पनीले त्यहाँ गएर खनिजको उत्खनन् गर्न थाल्यो, यही छत्तीसगढमा हुदैछ । मानिसहरुलाई नचाउन यीनीहरु (सरकार) निकै उस्ताद छन् । हालैका दिनहरुमा एउटा कुराको निकै चर्चा भै रहेको छ, सीइओलाई २५ करोड तलब दिइनु हुन्छ कि हुदैन । यसमा के तर्क दिइएको छ भने यदि उनको तलब न्युृन भयो भने रिफार्मको प्रक्रिया बन्द हुन्छ । अब तपाई आफै भन्नुस आजको दिनमा कुनै कम्पनीको सीइओमा पदमा कुन वर्गको मान्छे विराजमान छ । पछिल्लो डेढ–दुई दशक यता हाम्रो मुलुकमा उपभोक्तावादी संस्कृति निकै हावी भएर जादैछ तपाईको बुझाईमा समाजमा यसको कस्तो असर देखि रहेको छ ? केही दिन अघि पत्रिकामा एउटा ठुलो विज्ञापन शपिङ रिवोल्यूशन (खरिद क्रान्ति)का सम्बन्धमा आएको थियो । मलाई लाग्छ भारतमा उदारीकरणको जुन नीति आएको छ यसले मध्यम वर्गलाई विस्तार गरेको छ । आज हाम्रो मुलुकमा धनी–गरिवको बिचको खाडल बढदै गई रहेको छ, धनी झनै धनी हुदैछन भने गरिव झनै पिछडिदै छन् । उदाहरणका लागि एक सय जनालाई रोटी, कपडा, पानी र यातायातको सुविधा दिइन्छ जबकी अधिकांश मानिसहरु यसबाट बञ्चित नै रहन्छन । तर यदि तपाई कुनै नयाँ आर्थिक नीति ल्याउनु हुन्छ जसको माध्यमबाट २५ जनालाई असाध्धै धनी बानाउनु हुन्छ र बाँकी ७५ जना मानिसहरुबाट सबै कुरा खोस्नु हुन्छ भने यसको दिर्घकालिन प्रभाव सजिलै बुझन सकिन्छ । हाल भारतीय बजारहरुको निर्माण नै यसरी गरिदैछ कि अधिकांश मानिसहरुबाट खोसेर केही मानिसहरुलाई सुम्पिने । अब बुझनु पर्ने हुन्छ यिनीहरुले उपभोक्ताको बस्तु कहाँबाट ल्याउदै छन । यदि तपाईले भारतको नक्सा हुर्नु भयो भने थाहा पाउनुहुन्छ, जहाँ जंगल छ त्यसको तल खनिज–संपदा छ । अब तपाईसँग चुन्नलाई विकल्प छ । जंगल काटेर मास्ने हो भने जहाँ धेरै पैसा पनि छ तर यसले ५० बर्षमा जम्मै मुलुक सुक्छ । हाम्रा मुलुकका प्रधानमन्त्री हुन् अथवा मोन्टेक सिंह अहलूवालिया अथवा पी चितम्बरम यीनीहरुसँग कुनै कारगर नीति छैन मात्रै तथ्यांक देखाउछन् । यो भन्दा खतरानाक के नै हुन सक्छ, तपाईले विना कुनै ऐतिहासिक साहित्य अवलोकन, सामाजिक दृष्टिकोणले हेर्नुको सट्टा तथ्यांकको भरमा अगाडी बढदै हुनुहुन्छ । एकातर्फ अमेरिकी नीति मानवताको यस्तो खिलाफमा देखिन्छ तर अर्कोतर्फ हरेक मानिस अमेरिका जाने अवसर गुमाउन चाहदैन यस्तो किन ? अमेरिकाका लागि मलाई कुनै चाह नै छैन, मैंले साच्चै भनौ भने मलाई लतारेर लगे पनि म फर्किएर आउछु । यती यान्त्रिक भएर जिवन बिताउने मैले सोच्नै सक्दिन । तर यदि तपाई कुनै गाँउको दलित हो भने तपाईले त्यहाँ पानी खान पाउनु हुन्न, कसैका अगाडी जान पाउनु हुन्न र त्यती नै वेला तपाईलाई अमेरिका जाने अवसर पाइयो भने तपाई किन नजाने ? तर पनि अमेरिका धेरै जसो नेताहरुका र उच्चपदस्त कर्मचारीहरुका केटा–केटीरु नै जान्छन । तर सत्य के हो भने यो खतरनाक प्रवृति हो । कसरी खतरनाक ठान्नु हुन्छ ? यदि तपाई १६ अथवा १८ बर्षको युवालाई अमेरिका पठाउनु हुन्छ भने उसको पुरै दिमाग या उसले सोच्ने तरिका नै बदलिन्छ । त्यो पनि कुनै जेलमा होइन कि विश्वविद्यालयहरुमा । त्यहाँ उनको पुरै व्रेन वास हुन्छ । यो अमेरिकी नीति नै हो पहिला युवाहरुलाई आफ्नोमा प्रशिक्षण दिने र पछि उनैको प्रयोग आफ्नो हितमा गर्ने । जस्तो सन् १९७३ मा आइएमएको खिलाफ चिलीमा जुन ‘कु’ भयो । यस भन्दा अघि अमेरिकाले त्यहाँका युवाहरुलाई शिकागो स्कूल अफ इकोनोमिक्समा भर्ना ग¥यो, छात्रवृत्ति दिएर यीनीहरुको दिमागमा न्यु कन्जरवेटिव फ्री मार्केट आइडियोलोजी भ¥योे अनि के थियो यीनीहरुले चिलीको जसरी दोहन गरे त्यो सबैलाई थाहा छ । हाम्रो भारतमा पनि मुख्यतः कुलिन वर्गका बालबच्चा अमेरिका जान्छन, जसका बाउ–हजुरबाउ यहाँ मन्त्री, व्यूरोक्रेट अथाव ठुलो विजनेसमैन हुन । यसरी नै यो पुरै चक्र घुम्छ । भारतीय लेखनको बर्तमान समय तपाईलाई कस्तो लाग्छ ? यो भारतीय लेखन के हो ? मैले यसलाई मान्दिन । के जसले अंगे्रजीमा लेख्छन तीनी अलग हुन ? हिन्दी अथवा भोजपुरीमा लेख्नेहरुमा यस्तो छैन । अंग्रेजीका भारतीय लेखकहरु कथालाई घुमाई फिराई गरेर पाठकलाई संदेहमा पार्ने गर्दछन । भारतीय भाषाई लेखनको भविष्य कस्तो देख्नु हुन्छ ? भारतीय भाषाई लेखनको भविष्य, क्षेत्रमा निर्भर गर्छ । तर मलाई लाग्छ भाषाई लेखनको माहौल पुरै फेरिदै छ । एलिट वर्ग समाज देखि पुरै अल्गिएको छ । नम्र वर्ग उसको नजिक पुग्नै सक्दैन, यस्तोमा दुवैको बीच संवादहिनताको स्थिति छ । दुबैसँग कुनै भाषा नै बचेको छैन र जब तपाईलाई लेख्नु पर्ने हुन्छ तब दुबैलाई बुझनु पर्ने हुन्छ । यस्तो परिस्थितिका बिच तपाईले भाषाई लेखनको भविष्य कसरी देख्न सक्नु हुन्छ । यस्तो लाग्छ एलिट वर्गका केटाकेटीहरु समाजसँग पुरै काटिएका छन यसको पछाडीको कारण के हो ? तपाईले सही भन्नु भयो आजका धनी वर्गका केटाकेटी पुरै समाजसँग काटिएका छन् । केही दिन अघि यसै वर्ग की एउटी केटीले मसँग भनी– अरुंधती तीम्रो किताव ‘द अलजेब्रा अफ इनफिनिट जस्टिस’ मैले भाईलाई पढन दिएको त उसले बडो अच्चम्म गरि आदिवासीहरुको वारेमा भन्यो भारतमा यस्ता प्रकारका प्राणी पनि बस्छन र ? यस्तो होइन कि यी बच्चाबच्चीहरु खराब छन अथवा मन देखि नै बैमान छन् । तर समाज देखि काटिएका छन् । मलाई लाग्छ आजका दिनमा यस्तो खालको दुनिया बन्दैछ जहाँ गाडी, पत्रिका, क्याम्पस, अस्पताल शिक्षा आदि सबै यस्तो वर्गका लागि भिन्दै छ । यसै कारण एलिट वर्ग आज मात्र खोस्ने भएका छन् । तपाईले यीनीसँग कुनै पनि किसिमको आशा गर्न सक्नु हुन्न । तपाई अमेरिका, अष्ट्रेलिया जस्ता मुलुकहरुमा गएर त्यहाँका सरकारका नीतिहरुको खिलाफमा लेख्नु हुन्छ यस्तो लेख्ने शाहस तपाईले कसरी देखाउन सक्नु भयो ? जब ९÷११ को घटना भयो त्यसबेला देखि मैले यस घटनामा धेरै नै सोच–विचार गरे । त्यसपछि मैले निर्णय गरे यदि म लेखिका हुँ भने यसमा लेख्छु । यदि लेख्न सकिन भने जेलमा गएर बस्नु मेरो लागि धेरै राम्रो हुन्छ । यो निर्णय मैले फ्याटै गरे र लेखे । तर भारतमा धेरै नै लोलो–पोतो दल्ने मान्छे छन, यहाँ बुसका खिलाफ लेख्ने मान्छे सारै थोरै छन्, जबकी अमेरिकाका खिलाफ बोल्नेहरु धेरै नै भेटिन्छन । भीयतनामको युद्धका खिलाफ अमेरिकामा जती विरोध भयो त्यो एउटा मिसाल हो । सैनिकहरुले आफ्नो मेडल फर्काइदिए । के भारतमा यस्तो सम्भव छ ? कश्मिरको मुद्धामा सेनाले पनि केही बोलेन । न्यायपालिकालाई लिएर तपाईको विरोधले निकै चर्चा पायो । मुलुकमा न्यायिक सक्रियताको समयका बावजुद न्यायिक ढाँचा जर्जर छ भन्ने तपाईलाई लाग्छ ? मलाई लाग्छ प्रजातन्त्रमा सबै भन्दा खतरनाक संस्था ज्यूडिसियरी (न्यायपालिका) हो । किनकी यसले आफुलाई जिम्मेवारीबाट मुक्त राखेको छ । कन्टेम्ट अफ कोर्ट (अदालतको मानहानी) ले सबैलाई तर्साई दिएको छ । तपाई यसका खिलाफ केही पनि गर्न सक्नु हुन्न, प्रेसले पनि केही गर्न सक्दैन । तपाईले आदेशहरु हेर्नु भयो भने थाहा पाउनु हुन्छ अदालतले कति गैरजिम्मेदारपूर्ण ढंगले निर्णय गर्छ । प्रजातन्त्रमा न्यायपालिका यती शक्तिशाली हुनु ठिक होइन । जल, जंगल र जमीनको मुद्धामा तपाई निकै काम गर्नु हुनुहुन्छ जसरी जंगल बहुराराष्ट्रीय कम्पनीहरुलाई दिइदै छ र आदिवासीहरुलाई उनीहरुको अधिकार देखि बञ्चित गरिदैछ यसको भविष्य तपाईले कुन रुपमा देख्नु हुन्छ ? एउटा किताव छ कोलैप्स । यसमा एउटा ईस्टर आइलैण्डका बारे लेखिएको छ जुन प्रसान्त महासागरमा छ । त्यहाँका ठुला–ठुला रुखहरु त्यहाँ रहने मानिसहरुले आफ्नो परम्पराको रुपमा काट्ने गर्दथे, जबकी उनलाई थाहा थियो सामुन्द्री आँधी देखि त्यही रुखहरुले उनीहरुलाई जोगाउथ्यो । तरपनि उनीहरुले एउटा–एउटा गरेर रुखहरु काटे र अन्ततः समुद्री आँधीले त्यो आइलैण्ड नै नष्ट भयो । लगभग लगभग भारतमा पनि त्यही स्थिति देखिदैछ । सरकार शर्ट टर्म फाइदाका लागि बहुराष्ट्रीय कम्पनीहरुलाई माइनिङ गर्ने अनुमती दिदैछ र यी कम्पनीहरुले अंधाधुँध प्राकृतिक संसाधनहरुको दोहन गरि रहेका छन् । जसको प्रभाव हामीलाई केही बर्ष पछि देखिनेछ । मानव र जानवरमा यही अंतर हुन्छ जनावर भविष्य देख्दैन र मानव भविष्य देख्न र त्यसबारे सोच्न सक्दछ । तर यहाँ समस्या के हो भने सरकार धेरै लामो भविष्य न देखेर कम समयको भविष्य हेरी रहेको छ । आज वहुराष्ट्रीय कम्पनीहरुले माइनिङको बदला यीनीहरुलाई मोटो रकम दिई रहेका छन भन्ने कुरा सत्य हो । तर आज भन्दा पचास वर्ष पछि को भविष्य के हुने ? एउटा वेदान्त नामको कम्पनी ओडीसामा बक्साइट निकाली रहेको छ जबकी बदलामा त्यसले त्यहाँ विकास गर्ने कुरा गर्छ । तर जहाँ बक्साइटको भन्डार छ त्यहीबाट ओडीसावासीलाई पानी पाइन्छ । अब तपाई नै भन्नुस त्यसलाई खत्म गर्दा त्यहाँ पानीको कमी हुन्छ कि हुदैन । त्यसैले सरकारले छोटो समयको फाइदाका लागि लामो समयको नुकसान हुने नीतिमा चली रहेको छ । हतियार र बमको बलमा दुनियामा दादागिरी देखाउने राष्ट्रहरुको खिलाफ कुनै विश्वजनमत किन तयार हुन सकी रहेको छैन ? पूँजीवादी समयमा सबै आ–आफ्नो फाइदामा लागेका छन् । कसैको खिलाफ जादा फाइदा हुदैन भन्ने सोच सबै राष्ट्रमा ब्याप्त छ । तर यो त शर्ट टर्म भिजन हो । वास्तवमा यसको फाइदा केही शक्तिशाली राष्ट्रहरुले उठाई रहेका छन् । हालै अमेरिका र भारतका बिच भएको न्यूक्लियर डीललाई तपाईले कुन रुपमा हेर्नु भएको छ ? भारत र अमेरिकाका बीच भएको न्यूक्लियर डीललाई हेरेर मलाई लाग्छ, हाम्रा नेताहरुले अदूरर्शिता नै देखाएका छन् । उनलाई यो थाहा नै छैन कि जसले पनि अमेरिकासँग डिल ग¥यो, उसको के हालत भएको छ । अमेरिकाले अब एउटा यस्तो नीति बनाउछ जसले भारतको पुरै अर्थव्यवस्थालाई नै नियन्त्रणमा लिन्छ । फेरी भन्छन एनराँनको कन्टे«क्ट साइन गर नभए यो दिदैनौ त्यो दिदैनौ । एवंमरितले अमेरिका भारतमा हावी भै हाल्छ । आतंकवाद आज पहिला भन्दा धेरै खतरनाक मुद्धा बनी सकेको छ, यस चुनौतीसँग सामना गर्न दुनियामा जे सुकै पहल हुदैछन त्यसमा मुलुकहरुको आपसी गुटबन्दी नै धेरै देखिन्छ । आतंकवादको चुनौतीसँग सामना गर्ने कारगर तरिका के हुन सक्छ ? तपाईले यसलाई जती रोक्ने प्रयास गर्नु हुन्छ यो त्यती नै बढदै जान्छ । इस्लामिक मुलुकहरुको सबै तेलमा नियन्त्रण गरिदैछ । हरेक बस्तुलाई निजीकरण गरिदैछ । यदि तपाईले कसैको संसाधन माथी कब्जा गर्नुहुन्छ भने यसका खिलाफ विद्रोह त हुन्छ नै । यससँग सामना गर्न सरकारहरुले आफ्नो नीतिहरुलाई लिएर आत्मचिन्तन गर्ने आवश्यकता छ । भारतको नै स्थिति हेर्ने हो भने छत्तीसगढमा ६ सय गाएका मानिसहरुलाई हटाएर एउटा पुलिस क्याम्प खडा गरिएको छ । हजारौ मानिसलाई घरवार विहिन बनाउने उद्धेश्य के हो ? असली आतंकवादी उनीहरु हुन जसले नन्दीग्रामबाट मानिसहरुलाई भगाउदै छन्, कलिङ नगरमा गोली चलाई रहेका छन् । जहाँ विश्वस्तरमा आतंकवादको समस्यासँग जुध्ने कुरा छ, मलाई लाग्छ यसका लागि कुनै गम्भिर प्रयासहरु भैराखेको छैन । सबैल आ–आफ्नो लाभको प्रकृति हेरीकन आतंकवादको खिलाफ कारवाही गर्ने हुन । तपाईका विचारहरुमा वामपन्थी प्रभाव धेरै झल्किन्छ यसको के कारण हो ? मेरो वामपन्थ, पार्टीवाला वामपन्थ होइन । सोच विचार गर्ने जो सुकै मानिस छन् निश्चित उनीहरुको विचारमा वामपन्थको प्रभाव देखिन्छ । यो कुरा गर्नमा मलाई कुनै पनि एतराज छैन । सरकारका नीतिहरुका वारेमा कहिलेकाँही सोच्दा मलाई लाग्छ म त पागलखाना जान्छु होला । तपाई गान्धी जीसँग कुन रुपमा प्रभावित हुनुहुन्छ ? केही चीजहरुमा गान्धी जीसँग सारै प्रभावित छु, तर गान्धी जीको जातीको सन्बन्धमा जुन विचार थिए त्यसमा म असहमत छु । मलाई गान्धीका आर्थिक विचार धेरै प्रासंगिक लागे तर सरकारले उनको विचारलाई खेल बनाई दिएको छ । यो त गान्धीको विचारलाई उडाउनु नै हो । राजनीतिज्ञले यतिबेला गान्धीको नामको प्रयोग आफ्नो राजनीतिक उद्देश्य पुरा गर्न गर्छन । जहाँ फाइदा हुन्छ त्यहाँ गान्धीको नामको दुरुपयोग गर्न पछि पर्दैनन् । तपाई आफ्नो लेखन र रचनात्मक आन्दोलनमा हिस्सेदारीलाई लिएर आगामी बर्षमा के प्रतिबद्धता गर्नु हुन्छ ? म कसैलाई अगाडीको बाटो देखाउछु यस्तो बचन म दिन सक्दिन । म नियम बनाएर कुनै काम गर्दिन । समय अनुसार निर्णय लिने गर्छु । अनुवाद : नरेश ज्ञवाली
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies