Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

बङ्गलादेशकी विपक्षी नेत्रीलाई पक्राउ आदेश

ढाका,  बङ्गलादेशकी विपक्षी दलकी नेत्री खालिदा जियालाई पक्राउ आदेश जारी गरिएको छ । राजधानी ढाकास्थित विशेष अदालतले सो आदेश जारी गरेको हो ।

उनलाई यस अघिदेखि नै भ्रष्टाचारको आरोपमा मुद्दा चलाइएको थियाे । तर अदालतको आदेशबमोजिम उनि बयानका लागि उपस्थित नभएपछि पछिल्लो पटक यो पक्राउ आदेश जारी गरिएको बुधबार प्राप्त समाचारमा जनाइएको छ । बङ्गलादेशको राजधानी ढाकामा रहेको भ्रष्टाचारविरोधी विशेष अदालतले विपक्षी नेत्री खालिदा जियालाई बयानका लागि गतहप्ता बोलाएकोमा उनि अदालत उपस्थित भएकि थिइनन् । सोही कारण उनलाई पक्राउ आदेश जारी गरिएको बताइएको छ ।

भ्रष्टाचार विरोधी एक विशेष अदालतका न्यायाधीश अबु अहमदले उक्त आदेश जारी गरेका बुधबार राजधानी ढाकाबाट प्राप्त समाचारमा जनाइएको छ ।

बङ्गलादेशमा विगतका महिनादेखि राजनीतिक सङ्कट गहिरिएको छ । विपक्षी दलले आह्वान गरेबमोजिम आन्दोलान जारी रहेको छ ।

यो पक्राउ आदेशले थप राजनीतिक सङ्कट गहिरिने अनुमान गरिएको समाचारमा जनाइएको छ । उनलाई यसअघि पनि घरैमा नजरबन्द गरी राखिएको थियो ।

उनका वकिल सनउल्लाह मियाले यसको विरोध गरेका छन् । उनले एकातर्फ सरकारले घरैमा नजरबन्दमा राख्ने र अर्कातर्फ अदालतले उपस्थित नभएको आरोपमा पक्राउ पुर्जी जारी गर्ने गरेकोले अन्याय भएको प्रतिक्रिया दिएका छन् ।

उक्त निर्णयको विरोधगर्दै अदालत बाहिर रहेका सम्वाददाताहरुसँग मियाले भने  \"हाम्रो देशमा न्याय छैन भन्ने कुराको प्रत्यक्ष उदाहरण हो यो\" ।

उनी बङ्गलादेशमा प्रधानमन्त्री रहेको समय सन् २००१ देखि २००६ मा उनले भ्रष्टाचार गरेको र करिब साढे छ लाख अमेरिकी डलर बराबरको भ्रष्टाचारमा उनको हात रहेको आरोप लगाइएको छ ।

यदि यो आरोप प्रमाणित भएमा उनलाई जन्म कैँदको सजाय पनि हुनसक्ने अनुमान गरिएको छ । तर सो मुद्दाप्रति उनले असहमति व्यक्त गर्दै अाएकि छन् ।

वर्तमान सरकारका विरुद्धमा उनको सरकार आन्दोलनमा छ । गत जनवरी महिनाको पहिलो हप्तादेखि नै त्यहाँ आन्दोलन सुरु भएको हो । विपक्षी दलहरुले आमहड्ताल गर्दै आएका छन् ।

उनलाई पनि सोही मितिदेखि नै आफ्नै घरमा नजरबन्दमा राखिएको छ । जारी आन्दोलनका कारण त्यहाँको जनजीवत अस्तव्यस्त भइरहेको छ भने सो आन्दोलनबाट १०० जनाभन्दा बढीको ज्यान पनि गएको छ ।

उनी हाल बङ्गलादेश नेसनल पार्टीको अध्यक्ष पनि छिन् । सो दलले गतवर्ष भएको आम निर्वाचनमा सहभागिता जनाएको थिएन । त्यसैले वर्तमान सरकारको वैधानिकता नरहेको भन्दै अर्काे निर्वाचनको मागगरी आन्दोलन गरिएको हो ।

पूर्व प्रधानमन्त्री जिया ६९ वर्षको भइन् । उनले यस मुद्दामा सरकारले आफूप्रति राजनीतिक रुपमा प्रतिशोध साधेको बताउदै अाएकि छन् । आफ्नो दल र आफुलाई बङ्गलादेशमा सिध्याउनका लागि सरकारले यो षड्यन्त्र रचेको उनकाे भनाइ छ । उनले आफुमाथिको आरोप झुठ भएकोले आफु अदालत नजाने बताउदै अाएकी छन् ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies