Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

बदलाको कथामा आधारित “बदलापुर”

सैफअलि खान अभिनित चलचित्र “एजेंट बिनोद”का निर्देशक श्रीराम राघवन द्वारा निर्देशित फिल्म “बदलापुर” यो साता बलियुड सिने नगरिमा  रिलिज भएको बहुअपेक्षित चलचित्र हो । कथावस्तु सस्पेन्स राखिएको बदलापुरको कथा फिल्मको नाम सँग आधारित छ । बदलापुर शब्दको पुर लाई हटाएर बदला लाई फोकस गरिएको चलचित्र बदलापुरमा चक्लेटी नायकका रुपमा परिचित मोडल वरुण धावन र यामी गौतम को मुख्य भुमिका छ भने, नवाजुद्दिन सिद्दिकी खलनायकको भुमिकामा देखिएका छन् । थ्रिलर कथाबस्तुमा आधारित दिनेश विजान र सुनिल लुल्ला द्वारा निर्मित फिल्ममा सचिन जिगरको सँगित दमदार ढँगको छ । बलियुड चलचित्र नगरिमा बदलाको कहानिमा आधारित फिल्महरु धेरै बनेका छन्।  “बदलापुर” पनी एउटा यस्तै एकजना व्यत्तिको जिवनमा घटेको बदलाको कहानिमा आधारित फिल्म हो । कथावस्तु “बदलापुर” एक विज्ञापन ऐजेन्सीमा कार्यरत व्यक्ति रघु(वरुण धावन)को बदलाको कहानिमा घुमेकाे हुन्छ । फिल्मको सुरुमै रघुकी श्रीमती मिशा(यामी गौतम) र छोरा रोविनको बैँक डकैतिको क्रममा हत्या हुन्छ । दुई जना चोर लायक(नवाजुद्दिन सिद्दिकी) र हरमन(विनय पाठक) ले घुम्न निस्केकी मिशालाई गोली हानी हत्या गरिदिन्छन् । त्यही बेला कारमा सवार छोरा रोबिनको पनि कारबाट झरेर मृत्यु हुन्छ । घटनाको क्रममा पुलिसले लायकलाई गिरफुतार गरेर जेल हाल्छ र हरमन भने फरार हुन्छ । उता रघु भने आफ्नी पत्नि र छोराको मृत्युको बदला लिन जागिर छोडेर बदलापुर जान्छ । र लायकको रिहाईको पर्खाइमा हुन्छ । १५ बर्ष लामो पर्खाई पछी लायकको रिहाइ हुन्छ । र रघुले बदला लिन सफल हुन्छ । कथामा कलकारहरु झिमेली(हुमा कुरैशी) र शोभा(दिव्या दत्ता) पनी मुख्य  भुमिकामा छन् । बदलाले रघुको जिवनमा ठुलै परिवर्तन ल्याइदिन्छ । के परिवर्तन हुन्छ? जान्नका लागी हलसम्मै पुग्ने कष्ट गर्नु पर्छ । निर्देशन श्रीराम राघवनको निर्देशनमा बनेको यो चौथो फिल्म हो । फिल्म निमार्णमा राघवनले निकै ठुलो मेहेनत गरेको देखिन्छ । फिल्मको दोश्रो भागमा कथालाई निकै रफ्तारमा जसरी लिएका छन् त्यसले दर्शकलाई समयको कुनै प्रवाह नै नगराइकन सिटमा बाँधिराख्न मद्दत पु¥याएको छ । निर्देशन काे हिसाबले फिल्म पुरै सफल छ । स्टार पर्फोमेन्स वरुण धवनले बलियुड सिने क्षेत्रमा चक्लेटी हिरोको रुपमा बनाएको छविलाई यो फिल्मबाट ब्रेक थु्र गरेका छन् । फिल्म हेरेपछी दर्शकले उनको मे हुँ तेरा हिरोको रोललाई पुरै फरक देख्नेछन् । फिल्म हेर्दा थाहा हुन्छ वरुणले रघुको भुमिका निर्वाहाका लागी राम्रै मेहेनत गरेका छन् । दर्शकले कतै कतै वरुणले यस्तो सिरियस प्रकारको रोलमा खेल्नका लागी  केही थप मेहेनत गर्नुपर्ने पनी महसुस गर्न सक्नेछन् । नवाजुद्दिन को एक्टिङ पनी निकै तारिफ गर्न लाएक छ । उनले फिल्ममा नायकको भुमिकामा अरु कोही पनी नरहेको साबित गरिदिएका छन् । अन्य कलाकारहरु जस्तैः विनय पाठक ले आफ्नो सिरियस भुमिका निर्वाह गरेका छन् । हुमा कुरैशी, दिव्या दत्ता र राधिका आप्टे ले पनी निकै राम्रो कला प्रस्तुत गरेका छन् । तर मुख्य भुमिकामा रहेकी यामी गौतमको भने धेरै सानो समय मात्रै फिल्ममा देखिन पाएकी छन् । जस्ले गर्दा केही कमि रहेको आभास हुन सक्छ । सँगितको हिसाबले पनी फिल्म निकै सफल बनेको भन्न सकिन्छ । आतिफ असलमको आवजमा रहेको “जिना जिना” र दिव्यकुमारीको आवाजमा रहेको “जि करदा” फिल्म रिलिज हुनु पुर्वनै निकै चर्चामा आइसकेका थिय ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies