Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

धर्म सापेक्षताको बखेडा किन ?

धार्मिक आस्था मानिसको पारिवारिक स्थिति,आफ्नो अध्ययन र संगतबाट प्राप्त हुने विषय हो । कुनै पनि धार्मिक सम्प्रदायको निर्माण ठूल्ठूला तपस्या, बलिदान ,रक्तपातबाट भएको छ । परमेश्वर, ईश्वर,भगवान वा अल्लाह जे भने पनि उनीहरु महापुरुष थिए र उनीहरुले कठोर तपस्या र आत्म बलिदानबाट मानव उपयोगी विचारको प्रतिपादन गरेका हुन् । आजभन्दा करीब पाँच हजार बर्ष अगाडि गोठाला परिवारमा जन्मेका कृष्णले त्यतिबेलाका निरंकुश शासकहरुको दोहोलोमात्र काडेनन्,मानव उपयोगी दर्शन पनि अगाडि सारे । गोठालाहरुको संरक्षण, सुदामा जस्ता भिखारीसंगको उनको मित्रता र देश निकालामा परेका पाण्डवहरुको पक्षपोषण उनले गरेका राम्रा कामहरु हुन् ।
कुनै पनि धार्मिक सम्प्रदायको निर्माण ठूल्ठूला तपस्या, बलिदान ,रक्तपातबाट भएको छ ।
स्वभाविक रुपमा उनका अनुयायीको संख्या बढ्दै गयो र त्यसले एउटा धार्मिक सम्प्रदायको रुप लियो । त्यसको करीब पच्चीस सय बर्षपछि हिन्दु धार्मिक राजपरिवारमा जन्मेका बुद्धले राजपाठ त्यागेर मानवमात्रको हित र कल्याणका लागि आजीवन तपश्वी बने र ज्ञान प्राप्त गरे ।उनले प्रतिपादन गरेको धर्मको सर्वोपरि मान्यता सबैलाई माया गर भन्ने थियो । अर्का महापुरुष यशु ख्रीष्ट जन्मनु अगावै बुद्धको विचारले एशियाको अधिकांश भूभागमात्र होइन, अलेक्जेडियासम्म आफ्नो प्रभाव जमाइसकेको थियो । महापुरुष यशु ख्रीष्टले त आफ्नो सम्पूर्ण जीवन दुःखमा परेका मानिसहरुको उद्धारमा खर्चिएको देखिन्छ । उनी जन्मिएको समाजमा विद्यमान शोषण र अत्याचारको निशानामा आफै पर्दा समेत त्यसको उनले कुनै प्रवाह गरेनन् । उनी प्रष्ट रुपमा दुःखीको पक्षमा थिए भन्ने कुरा उनका दुईवटा भनाईबाट देख्न सकिन्छ ।“जति सियोको टुप्पोमा ऊँट छिराउन सजिलो छ,त्यति सजिलो धनीलाई परमेश्वरको राज्यमा छिर्न सजिलो छैन ।“(म्याथ्यू १९ः२० ) र “फ्याउराको लुक्ने दुलो छ, आकासमा उड्ने चराहरुको गुँड छ तर मेरो टाउको लुकाउने ठाउँ समेत छैन ।”(म्याथ्यू ८ः१९–२०) यी भनाईले उनको पारिवारिक स्थिति र बर्गीय दृष्टिकोण प्रष्ट हुन्छ । मुस्लीम धर्मका प्रबर्धक पैगम्वर महम्मदका समान दृष्टान्तहरु पाइन्छन् । यी प्रशंग उल्लेख गर्नुको तात्पर्य के हो भने हाल संसारमा अस्तित्वमा रहेका धर्महरुको शुरुवात दुःख र अन्यायमा परेका हित र उद्धार हेतु भएको थियो । त्यसकारण एउटा धर्म अगाल्दा विछट्टै राम्रो हुने र अर्को धर्म अगाँल्दा चाहिँ अपराध हुने जुन तर्क बेला बेला सुनिन्छ, त्यो तर्क निन्दनीय छ । आज युरोप र अमेरिकामा पूर्वीय धर्म दर्शनप्रति चासो बढेको देखिन्छ भने यशु ख्रीष्टले प्रतिपादन गरेको धर्म दर्शनले नेपाल लगायत विभिन्न एशियाली मुलुकमा मानिसहरुको मन आकर्षित गरिरहेको छ । यो नितान्त स्वभाविक विषय हो । एउटा सानो गाउँ जस्तो विश्वमा यस्ता प्रभावहरुलाई कुनै राज्य, सरकार वा पार्टीको बुताले रोक्न सक्दैन । कसैले रोक्ने प्रयास गरे पनि उसको राजनीतिक रोटी त क्षणिक रुपमा सेकिएला तर त्यसले मानवमात्रको कल्याणमा दीर्घकालीन कुठाराघात गर्दछ । आफूले मन पराएको धर्म मान्न पाउनु ब्यक्तिको नैसर्गिक अधिकार हो भन्ने बुझेकाहरुबाटै बेलाबेला सो अधिकारविरोधी टिप्पणी सुनिनु दुःखद विषय हो । धर्म सापेक्षताको माग गर्ने पार्टी र धर्म निरपेक्षता लागू गर्ने पार्टीभित्रका हिन्दुवादीहरुले बुझे हुन्छ, अब मुलुक अँध्यारो विगततिर फर्कन सक्दैन । निःसन्देह, अबको राजनीति एजेण्डाको आधारमा हुन्छ, धर्मको नाममा होईन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies