Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

संविधान नबन्दा सरकार लम्बिएको हो: मन्त्री रिजाल

काठमाडौँ, सूचना तथा सञ्चार मन्त्री डा मीनेन्द्र रिजालले एमाओवादी नेतृत्वको मोर्चाले संविधान बनाउन नदिएर वर्तमान सरकार लम्बिएको बताएका छन् । नेपाल सरकार प्रवक्ता समेत रहनुभएका मन्त्री रिजालले संविधान बनेपछि आफूहरु सरकार हस्तान्तरण गर्न तयार रहेको जनाए । उहाँले विद्यमान राजनीतिक संवादहिनताको अन्त्यका लागि विभिन्न दलका युवा सभासद्ले गरेको पहल सकारात्मक रहेको भन्दै उहाँहरुलाई शुभकामना दिनुभयो । नयाँ संविधानमा आफ्नो भनाइ अटेमा मात्र सहमति हुने कुरा नगर्न आग्रह गर्दै १२ बुँदे सहमतिले त शान्ति, लोकतन्त्र, अग्रगमन र समृद्धि खोजेको हाे हिंसा र अराजकता होइन भने । हामी सात र सत्चालीस दुवैप्रति गौरव गर्छाैँ भन्दै जनताको अभिमतकै आधारबाटै संविधान बनाउन आफूहरु लागेको स्पष्ट पारे । संविधान कुनै विशेषदलको बन्ने होइन, अङ्कगणितीय निर्जीव संविधान होइन, सबै जनताको हो—उनले भने । राष्ट्रिय समाचार समिति (रासस)काे ५४ औं वार्षिकोत्सव समारोहमा प्रमुख अतिथिका रुपमा मन्तव्य दिँदै उहाँले हाल बन्दै गरेको आमसञ्चार नीतिमा समाचार समितिसम्बन्धी नीतिलाई समाविष्ट गर्न आफू तयार रहेको स्पष्ट गर्दै राससको भविष्य राम्रो बनाउने बारेमा सोच्ने काम यहाँको व्यवस्थापनले गर्नुपर्ने बताए । उनले आफूले चाहेर मात्रै कुनै संस्थाका लागि बजेट बढाउन नसक्ने भएकाले प्रतिस्पर्धी हुँदै आफ्नो औचित्यसिद्ध गर्न सुझाव दिए । व्यवस्थापिका–संसद्, विकास समितिका सभापति रवीन्द्र अधिकारीले नयाँ चुनौतीलाई सामना गर्न रासस तयार रहेपनि यसले सोचे जति गति लिन नसकेको बताए । २१ औं शताब्दीको सूचनाको युगमा राससले आफूलाई बदल्न नसके यसले दुर्गति व्यहोर्न सक्ने औल्याउँदै उहाँले राससबाट माग गरिएको थप तीन करोड रुपैयाँ कुनै संस्थाका लागि ‘ब्रेक फास्ट’ सरह भएकाले राससको प्रगतिमा सघाउन आफ्नो समितिका तर्फबाट भूमिका निर्वाह गरिने बताए । उहाँले कुनै पनि संस्था बलियो हुनका लागि त्यहाँ कार्यरत कर्मचारी नै शक्ति भएकाले कर्मचारीहरूलाई संस्थाको भविष्य बनाउनका लागि कर्तव्यनिष्ठ हुन आग्रह गरे । सूचना तथा सञ्चार मन्त्रालयका सचिव सुनीलबहादुर मल्लले नयाँ आमसञ्चार नीति, २०७१ ल्याउन गहन गृहकार्य भइरहेको जनाउँदै त्यसमा समाचार समितिसम्बन्धी पक्षलाई समाहित गर्न योगदान गर्न आग्रह गरे । उहाँले मुलुकको आमसञ्चार क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको रासस राज्य र समाजको हरेक तह र तप्कालाई जोड्ने कार्यमा अझ बढी सक्रिय एवम् समर्पित हुनुपर्ने खाँचो औँल्याए। रासस मुलुकको पुँजी र धरोहर राससका अध्यक्ष कुलचन्द्र वाग्लेले इतिहासको शृङ्खलालाई अटुट राख्दै आधुनिक प्रविधिको आत्मसात् गर्नुपर्ने चुनौती छ भन्दै हालको व्यवस्थापनले मानवीय संसाधन र साधन स्रोतको सीमाका बीच भावी यात्राबारे सोचिरहेको बताए । कार्यरत कर्मचारी र सेवाग्राहीसँग विभिन्न चरणमा छलफल गरिएको तथा सञ्चार क्षेत्रका जानकारसँग पनि परामर्श गरेर संस्थालाई अघि बढाउन प्रविधि, भौतिक पूर्वाधार, जनशक्ति र समाचार सेवाको स्तर र प्रभावकारिताबारे योजना बनाइने अध्यक्ष वाग्लेले जानकारी दिए । समाचारमा विविधता दिनका लागि प्रारम्भिक काम भइसकेको बताउँदै उहाँले बुधबार मात्र प्रोजेक्ट सिण्डिकेट नामक अन्तर्राष्ट्रिय आलेख सेवा सुरु गरिएको र आगामी दिनमा भिडियो सेवा प्रारम्भ गर्ने उद्घोष गरे । “विश्वका ठूला र विकसित मुलुकमा पनि समाचार समितिको औचित्य रहेजस्तै नेपालको राससको पनि महत्व उत्तिकै छ ।” उनले भने, “रासस मुलुकको पुँजी र धरोहर हो । यसलाई बचाउनैपर्छ ।” राससका महाप्रबन्धक श्रीरामसिंह बस्नेतले राससलाई विषयवस्तु र शैलीमा नयाँपन दिन खोजिएको बताए । राससको ५४ औं वार्षिकोत्सव समारोहमा स्वागत मन्तव्य दिँदै उनले दक्ष जनशक्तिका साथ चाँडै संस्थालाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे । उनले देशका ७५ वटै जिल्लामा सामुदायिक रेडियोमार्फत् आफ्ना समाचार पु¥याउने लक्ष्य लिइएको बताए । महाप्रबन्धक बस्नेतले अब सरकारले समाचार समिति चलाउन आवश्यक छ कि छैन भन्ने सवाल उठ्ने गरेको सन्दर्भ उल्लेख गर्दै नेपालमा समाचार समितिको औचित्यसम्बन्धी प्रतिवेदनको मस्यौदा तयार गरी यही फागुन १५ गतेभित्र मन्त्रालयलाई बुझाइने जानकारी दिए । रासस सञ्चालक समितिका सदस्य सन्तोष न्यौपाने राससलााई नयाँ ढङ्गले अघि बढाउने सम्बन्धी खाका तयार गरी मन्त्रालयलाई पठाउनुपर्ने बताउँदै रासस कर्मचारी सेवा सर्त विनियामलीलाई संशोधनको तयारी भएको जानकारी दिए । राससमा क्रियाशील विभिन्न सङ्घ÷संस्थाका प्रतिनिधिले राससलाई अझ सबल बनाउनका लागि सरकारबाट बजेट वृद्धिमा विशेष ध्यान दिन र यसको पहुँच बढाउन सुझाव दिए । बक्ताहरूले राससलाई पूर्वाधार र प्रविधिसम्पन्न बनाउन थप बजेट निकासाका लागि सरकारसँग माग गरेका छन् । नेपाल पत्रकार महासङ्घ, रासस शाखाका अध्यक्ष विष्णु नेपालले कार्यरत पत्रकार र प्रतिनिधिलाई प्रविधिसम्पन्न बनाउन सरकारसँग आग्रह गर्दै राससलाई समाचार बैङ्कका रुपमा स्थापित गर्न तयार रहेको अवगत गराए । रासस कर्मचारी सङ्घका अध्यक्ष राजाराम कार्कीले सरकारले थप सहयोग गरेमा सूचना र समाचार सम्प्रेषणलाई निशुल्क वितरण गर्न सकिने भन्दै राससलाई आत्मनिर्भर बनाउन यसका भौतिक (भवन तथा जग्गा) संरचनालाई सदुपयोग गर्न सुझाव दिए । नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन रासस केन्द्रीय समितिका अध्यक्ष प्रेमप्रसाद उपाध्यायले संस्थामा लामो समयदेखि अस्थायी (करार) मा कार्यरतलाई प्रक्रिया पूरा गरेर स्थायी गर्न, विगतमा स्थगन गरिएको विज्ञापनलाई सुव्यवस्थित बनाउन, संस्थामा नियमित तालिमका कार्यक्रम सञ्चालन गर्न र संस्थामा लोकतान्त्रिक परिपाटी बसाल्न आग्रह गरे ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies