Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

प्रक्रिया खारेज बिना वार्तामा बस्नु अाैचित्यहिनःभट्टराइ

प्यूठान । एकीकृत नेकपा (माओवादी) का वरिष्ठ नेता डा बाबुराम भट्टराईले संविधान निर्माणमा सुरु गरिएको प्रक्रिया नरोकेसम्म वार्तामा नबस्ने बताएका छन् । “पूर्व–पश्चिम एकैपटक हिँड्न सकिँदैन”, नेता भट्टराईले भने– “वार्ता पनि गर्छौ भन्ने र प्रक्रिया पनि सुरु गर्ने गरी उहाँहरु पूर्व लाग्नुभयो । हामी पश्चिमतर्फ लाग्यौँ” पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका नेता भट्टराईले माघ ११ गतेको बहुमतीय दम्भ प्रक्रिया नरोक्दासम्म सहमति नहुने र आफूहरु वार्तामा नबस्नेसमेत प्रष्ट पारे । परिवर्तनकारी संविधान निर्माणमा दबाब दिन भन्दै एमाओवादीले सुरु गरेको खबरदारी अभियानअन्तर्गत आज सदरमुकाम खलङ्गामा सञ्चारकर्मीसँग कुरा गर्दै उनले पुरानै संविधान ल्याउन खोजेका कारण समस्या आएकोसमेत बताए । शान्ति सम्झौताका हस्ताक्षरकर्ता गिरिजाप्रसाद कोइराला नहुुनु र माधव नेपाल पनि शक्तिमा नहुँदा सहमति गर्न नसकिएको भट्टराईको भनाइ छ । नेता भट्टराईले बाह्रबुँदे समझदारी, विस्तृत शान्ति सम्झौता र अन्तरिम संविधानको भावनाअनुसार आन्दोलनकारी शक्तिबीच सहमति गरेर नयाँ संविधान जारी गर्नुको विकल्प नभएको समेत बताएका छन् । “शान्ति सम्झौताका हस्ताक्षरकर्ता कांँग्रेस, एमाले र माओवादीबीचमा अनिवार्य सहमति हुनुपर्छ” उनले भने । “परिवर्तनकारी शक्तिसँग प्रक्रिया सुरु गरी बनाएको संविधान नेपाली जनतालाई मान्य हुँदैँन ।” संविधानसभाअन्तर्गत संवाद समितिका सभापति समेत रहेका भट्टराईले भने– “संवाद समितिले विगत १० महिनादेखि निरन्तर सहमति र वार्तालाई नै प्रमुख विषय बनाएको छ ।” प्रधानमन्त्री सुशील कोइरालाले वक्तव्य जारी गरी वार्तामा आउन आग्रह गर्नु सकारात्मक भए पनि प्रक्रिया जारी राख्नु परिवर्तनकारीको हित विपरीत रहेकाे उनले बताए । संविधान निर्माणमा अल्पमत र बहुमतको विषय नहुने भन्दै नेता भट्टराईले संवाद सहमतिले राज्य पुनःसंरचना, न्याय प्रणाली र शासकीय स्वरुपमा हालसम्म कुनै पनि सहमति गर्न नसकेको समेत दाबी गरे। काँग्रेस, एमालेले सहमतिका लागि केही विषयमा त्याग गर्न तत्पर भए आफूहरु पनि लचिलो बन्न तयार रहेको उनले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies