Ntc summer Offer
Khabar Dabali ११ बैशाख २०८१ मंगलवार | 23rd April, 2024 Tue
NIMB

कांग्रेस महाधिवेशन भदौमा

नेपाली कांग्रेसको १३ औं महाधिवेशन भदौमा हुने भएको छ । नयाँ पत्रिका दैनिकमा खबर छ–मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कांग्रेस पदाधिकारी बैठकले आगामी भदौ १ देखि ५ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको हो । ‘पार्टीको १३ औं महाधिवेशन आगामी भदौ १ देखि ५ सम्म काठमाडौंमा गर्ने निर्णय गरेका छौं ।’ कांग्रेस प्रवंक्ता दिलेन्द्रप्रसाद बडुले भने, ‘एजेण्डा तयार गरेका छौं, बुधबार बस्ने केन्द्रीय समिति बैठकले कार्यतालिका सार्वजनिक गर्नेछ ।’ केही समय हेरफेर हुन सक्ने भए पनि सोही मितिमा महाधिवेशन गर्ने गरी बुधबारको बैठकले कार्यतालिका सार्वजनिक गर्ने भएको छ । पार्टीका विभिन्न तहको अधिवेशनको मिति पनि बैठकले प्रस्ताव गरेको छ । प्रस्ताव अनुसार ७५ वटै जिल्लाको १६ साउनमा, २४० निर्वाचन क्षेत्रको ९ साउनमा र देशभरका वडा, नगर र गाउँको अधिवेशन २ साउनमा गर्ने तयारी कांग्रेसको छ । गत असोजको पहिलो हप्ता नै गर्नुपर्ने भए पनि विशेष कारणवशः भन्दै पार्टीका सबै तहको म्याद एक वर्ष थप गरिएको थियो । आगामी असोजको पहिलो साता जसरी पनि कांग्रेस महाधिवेशन गर्नैपर्ने हुन्छ । पदाधिकारी बैठकले फागुन मसान्तसम्म क्रियाशील सदस्यताको वितरण र नवीकरणको विवरण नआए महाधिवशेनमा भाग लिन नपाउने निर्णय पनि गरेको छ । यस अघि पटकपटक म्याद थप्दा पनि केन्द्रमा विवरण नआएपछि मंगलबार बसेको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो । ‘भदौ र पुस मसान्तमा क्रियाशील सदस्यताको विषय टुंगो लगाउन जिल्लालाई निर्देशन दिए पनि पठाउन सकेनन् ।’ बडुले भने, ‘फागुन मसान्तभित्र पनि नआए त्यस्ता सदस्यहरुले महाधिवेशनमा भाग लिन पाउने छ्रैनन् ।’ नेताहरु तयारीमा महाधिवेशन आउन ७ महिना बाँकी भए पनि शीर्ष सहितका नेता आफ्नो पद सुरक्षित गर्ने दाउमा लागिसकेका छन् । सभापति सुशील कोइराला महाधिवेशन सम्म नै प्रधानमन्त्री हुने दाउमा छन् । नभए राष्ट्रपति हुने र त्यो पनि नपाए महाधिवेशनबाट पुनः सभापति हुने तयारीमा छन् । संस्थापनमा अर्को नेतामा एकमत नहुँदा पनि कोइराला नै अघि सर्नुपर्ने बाध्यता कांग्रेमा छ । कहिले गिरिजाप्रसाद कोइराला त कहिले सुशील कोइरालासँग पराजित हुँदै आएका सधैंका प्रतिस्पर्धी शेरबहादुर देउवा यसपटक जसरी पनि सभापति हुने दाउमा छन् । त्यस्तै, उपसभापति रामचन्द्र पौडेल सधैं झैं यसपटक पनि आफूलाई न्याय हुनुपर्ने भन्दै संस्थापनबाट सभापतिका उम्मेदवार बन्न चाहन्छन् । प्रकाशमान पनि संस्थापनबाट बलिया उम्मेदावार हुन् । उनी उपसभापतिका दाबेदार छन् । सुशीलका प्रिय शशांक कोइराला पनि उपसभापति वा महामन्त्रीका मुख्य प्रत्यासी हुन् । सुजाता कोइराला पनि महामन्त्रीका लागि दाबी गरिरहेकी छिन् । कृष्ण सिटौला उपसभापति वा निर्वाचित महामन्त्रीको लागि लबिङमा छन् । अर्जुननरसिंह केसी, खुमबहादुर खड्का, रामशरण महत, गगन थापा, विमलेन्द्र निधि, चित्रलेखा यादव, पूर्णबहादुर खड्का पनि पदाधिकारीमा दाबी गर्ने मनस्थितिमा छन् । सुजाताको कारवाही फिर्ता हुने आफ्नै उम्मेदवारलाई हराउन सक्रिय रहेको प्रमाणित भए पनि केन्द्रीय सदस्य सुजाता कोइरालामाथि भएको अनुशासनको कारवाही केन्द्रीय समिति बैठकले खारेज गर्ने भएको छ । प्रधानमन्त्री एवं सभापति सुशील कोइराला नै सुजातालाई कारवाही नगर्ने मनस्थितिमा पुगेपछि उनीसहित पुनरावलोकनका लागि आवेदन दिएका १३८ नेताको कारवाही फुकुवा गर्न लागिएको हो । बुधबारको बैठकले यस बारेमा आवश्यक निर्णय लिने भएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies