Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

पाँचथर कारागारमा कैदीबन्दीहरु आलोपालो गर्दै खाटमुनि सुत्न बाध्य

पाँचथर। जिल्ला कारागार पाँचथरमा अहिले क्षमताभन्दा साढे पाँचगुणा कैदीबन्दी रहेपछि खान, बस्न तथा सुत्नको समस्या भएको छ । तीसजनाको क्षमता रहेको उक्त कारागारमा अहिले १७४ जना कैदीबन्दी रहेको कारागार प्रशासनले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक दीपक पोख्रेलले भने, “अहिले क्षमताभन्दा झन्डै साढे पाँचगुणा बढी कैदीबन्दी रहेका छन्, जसका कारण अहिले कैदीबन्दीलाई खान, बस्न तथा सुत्नको समस्या भएको छ ।” सुत्ने ठाउँ नभएपछि अहिले कैदीहरु खाटमुनि त्यही पनि आलोपालो गरेर सुत्ने गरेका छन् । पछिल्लो समय जिल्ला अदालत तथा प्रहरी कार्यालयले २० वर्षअघिसम्मका दोषी देखिएका अभियुक्तलाई धमाधम पक्राउ गरी कैद भुक्तानका लागि जेल चलान गर्नुपर्ने भएका कारण पनि यसरी कैदीबन्दीको चाप बढेको प्रहरी नायब उपरीक्षक दीपक पोख्रेलले बताए । यसका लागि अन्यत्र कारागारमा कैदीको स्थानान्तरण गरिनुपर्ने, भौतिक तथा योजना र गृह मन्त्रालयले जीर्ण अवस्थामा रहेको कारागार मर्मतसम्भार गर्नुपर्ने अवस्था देखिएको कैदीबन्दी बताउने गर्दछन् । पछिल्लो छ महिनाको अवधिमा मात्रै जिल्ला अदालत पाँचथर र जिल्ला प्रहरी कार्यालयले गरेको संयुक्त फरार अभियुक्त खोजीका क्रममा ९३ जना अभियुक्त पक्राउ परिसकेका छन् । यसमा दुई दिनदेखि २० वर्षसम्म कैद भुक्तान गर्नुपर्ने फरार अभियुक्तहरुसमेत पक्राउ परेपछि अहिले यो समस्या उत्पन्न भएको स्वयम् कारागार प्रशासन बताउने गर्दछ । अहिले कैदीको चाप बढी भएपछि दैनिकजसो बिरामी पर्ने गरेका छन् । हाल चिसोको समयमै बिरामी हुने क्रम रोकिएको छैन । पछि गर्मीको समयमा त झन् महामारी नै फैलिने सम्भाना बढी रहेको सरोकारवालाहरु बताउने गर्दछन् ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies