/  Mon, February 20, 2017

विवादपछि एमालेमा मनोनयनका लागि कार्यदल

१५ सदस्य मनोनयनका एक सयभन्दा नाम आएपछि एमालेमा सोमबार पनि केन्द्रीय सदस्य मनोनित हुन सकेनन् । नयाँ पत्रिका दैनिक खबर छ–स्थायी समिति सदस्यबीच नै धेरै सदस्यको नाम आएपछि सोमबार पनि मनोनयन हुन नसकेको हो ।
नेतापिच्छेले आफू निकटलाई ल्याउन दबाब दिएपछि मनोनयनको विवाद मिलाउन शीर्ष पाँच नेतालाई जिम्मेवारी दिइएको छ । ‘१५ सदस्य मनोनयनका लागि १ सयभन्दा बढीको नाम आयो ।’ सचिव योगेश भट्टराईले भने, ‘बुधबारसम्म नाम मनोनयनको प्रस्ताव गर्न शीर्ष पाँच नेतालाई जिम्मा दिएका छौं ।’ अन्य पार्टीबाट आएकालाई कसरी समेट्ने भन्नेमा पनि एमालेमा तीव्र विवाद छ ।
अध्यक्ष केपी ओली, बरिष्ठ नेता झलनाथ खनाल, नेता माधव कुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र महासचिव ईश्वर पोखरेलले बुधबारसम्म १५ सदस्यको नाम टुंग्याउनेछन् । एमालेमा १० जना पूर्ण र ५ जना वैकल्पिक सदस्य मनोनित हुने प्रावधान छ ।
कार्यविभाजनको जिम्मा सचिवालयलाई
महासचिव ईश्वर पोखरेलले नै स्थायी समिति, पोलिटब्यूरो र विभिन्न विभागीय प्रमुखलाई कार्यविभाजन गर्ने प्रस्ताव गर्ने तयारी गरे पनि माधव नेपाल पक्षले कडा विरोध जनाएको छ । विरोध भएपछि सचिवालयले नै कार्यविभाजनको टुंगो लगाउने जिम्मा पाएको छ ।

‘पहिले महासचिवले नै प्रस्ताव ल्याउने भन्ने थियो तर, छलफलका क्रममा सचिवालयले नै कार्यविभाजनको प्रस्ताव ल्याउने भन्ने छ ।’ सचिव प्रदीप ज्ञवालीले भने, ‘बुधबार बिहानसम्म कार्यविभाजनको टुंगो पनि सचिवालयले लगाउँछ ।’
ओली पक्षले महासचिव एक्लैले प्रस्ताव गर्न दबाब दिए पनि माधव नेपाल पक्षले कडा आपत्ति जनाएपछि सचिवालयले कार्यविभाजन तोक्नेमा सहमति बनेको हो । सचिवालयमा महासचिव र सचिवहरु रहन्छन् । पार्टी प्रमुख भइसकेकालाई विभागीय जिम्मेवारी तोक्ने वा नतोक्ने भन्नेमा पनि एमालेमा विवाद छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

क्रान्तिकारी पत्रकार महासंघ नवलपरासीमा पोखरेल

क्रान्तिकारी पत्रकार महासंघ नवलपरासीमा पोखरेल

नवलपरासी, ८ फागुन । क्रान्तिकारी पत्रकार महासंघ नवलपरासीको अध्यक्षमा घनश्याम पोखरेल ‘राजु’ निर्वाचित...   
नेबिसंघ र वाईसीएल झडप

नेबिसंघ र वाईसीएल झडप

रुकुम, ८ फागुन । रुकुमको आठबिसकोटमा अाइतबार नेपाल विद्यार्थी सङ्घ र योङ्ग कम्युनिष्ट लिग(वाइसिएल)बीच...   
राप्रपा अध्यक्षमा थापा र राणाको उम्मेदवारी दर्ता, लोहनी पछि हटे

राप्रपा अध्यक्षमा थापा र राणाको उम्मेदवारी दर्ता, लोहनी पछि हटे

काठमाडौं, ८ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीको काठमाडौंमा जारी महाधिवेशमा पार्टीको आगामी नेतृत्वका...   
बंगलादेशमा मनाङको विजयी शुरुवात, बंगलादेशी क्लव २–० ले पराजित

बंगलादेशमा मनाङको विजयी शुरुवात, बंगलादेशी क्लव २–० ले पराजित

काठमाडौं, ८ फागुन । बंगलादेशमा चलिरहेको शेख कमल अन्तर्राष्ट्रिय क्लव कप फुटवलमा नेपालको ए डिभिजन क्लव...   
बैंकिङ कसुर मुद्दामा कार्की समातिए

बैंकिङ कसुर मुद्दामा कार्की समातिए

काठमाडौं, ८ फागुन । बैकिङ्ग कसूर मुद्दामा बुढानिलकण्ठ नगरपालिका–५ बस्ने मदनबहादुर कार्की पक्राउ परेका...   
मोर्चा आवद्ध सातै दलका नेतालाई आकस्मिक बालुवाटार डाकियो

मोर्चा आवद्ध सातै दलका नेतालाई आकस्मिक बालुवाटार डाकियो

काठमाडौं, ८ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संयुत लोकतान्त्रिक मधेसी मोर्चामा आवद्ध...   
अमेरिकाको टेक्सासमा हजारौंको प्रदर्शन

अमेरिकाको टेक्सासमा हजारौंको प्रदर्शन

हाउस्टन, ८ फागुन । संयुक्त राज्य अमेरिकाको दक्षिणी राज्य टेक्सासको डाल्लास महानगरमा करिब एक हजार सात...   
यातायात अभावमा उपचारका लागि हेलिकप्टर चार्टर गरी काठमाडौँ

यातायात अभावमा उपचारका लागि हेलिकप्टर चार्टर गरी काठमाडौँ

सोलुखुम्बु, ८ फागुन । जङ्गलमा काठ काट्ने क्रममा मुढाले किचेर घाइते बनेका गुदेल– २ सोलुखुम्बुका ३३ वर्षीय...   
राष्ट्रवादको बर्कोमा दूतावासमा पैसा माग्ने विद्यार्थी

राष्ट्रवादको बर्कोमा दूतावासमा पैसा माग्ने विद्यार्थी

स्ववियुको सान्दर्भिकताबारे पक्ष र विपक्षमा तर्कहरु पेश हुँदै गर्दा त्रिभुवन विश्वविद्यालयले मिति...   
विमानस्थलमा अर्को सुन काण्ड, डेढ किलो सुनसहित एक भारतीय समातिए

विमानस्थलमा अर्को सुन काण्ड, डेढ किलो सुनसहित एक भारतीय समातिए

काठमाडौं, ८ फागुन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एकपछि अर्को अबैध सुन बरामद भइरहँदा आइतबार...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु :
Top